कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप हिरासतमा राख्न १० दिन म्याद थपको अनुमति दिएको छ।
कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन्।
आज (मंगलबार) सहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ।
यसअघि, कास्की जिल्ला अदालतले सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपेको हो।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा म्याद थपको माग गरेको छ।
लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले माग गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो।
कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ।