३ महिनामा प्रेस स्वतन्त्रता हननका १९ घटना

यीमध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा छन्

जनसम्मत
कार्तिक १४, २०८१, बुधबार

पछिल्लो ३ महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन्।

प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमित रूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो।

पछिल्लो ३ महिनामा भएका यी घटनामध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा छन्।

यसैगरी, आक्रमण/कुटपिटका घटना ४, पेसागत असुरक्षा २, कब्जा/अवरोध र गिरफ्तारीे प्रयासको घटना १/१ छन्।

प्रदेशअनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा ९ घटनाहरु भएका छन्।

यस्तै, मधेस प्रदेशमा ५, गण्डकीमा २ तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १/१ घटना छन्।

यो अवधिमा भएका घटनामा १७ पुरुष र २ महिला पीडित भएको पाइएको छ।

काउन्सिलले नियमितरूपमा प्रेस स्वतन्त्रताको अवस्थाबारे मिडिया अनुगमन गर्दै आएको छ र प्रेस स्वतन्त्रता अनुगमन कार्यविधि, २०८० अनुसार ३/३ महिनामा सार्वजनिक गर्दै आएको छ।

गत वर्ष प्रेस स्वतन्त्रता हननका ७९ घटना अभिलेखन भएको थियो।

प्रेस काउन्सिल नेपालले कानुनले दिएको जिम्मेवारीअनुरूप देशभरका संचार माध्यम र संचारकर्मीको अवस्थाबारे नियमित अनुगमन गरिरहेको छ।

प्रेस स्वतन्त्रतालाई रक्षा गरी मिडिया प्रवद्र्धनमा सघाउन विभिन्न क्रियाकलाप गर्दै आएको छ।

यस्तै, काउन्सिल प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन समेत सदैव सचेत रहँदै आएको छ।

हेरौं, प्रेस काउन्सिल नेपालको विज्ञप्ति

प्रेस काउन्सिल नेपालको वेबसाइटमा समाचार छ।