संचार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

मन्त्री गुरुङले मनाङ्गी स्थानीयसँग टेलिफोन नेटवर्कका बारेमा राय–सुझावसमेत लिएका थिए

जनसम्मत
कार्तिक २१, २०८१, बुधबार

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संचार सेवा सहज बनाउन निर्देशन दिएका छन्।

संचार मन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म संचार सेवा सहज बनाउन निर्देशन दिएका हुन्।

सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको राय सुझाव लिएका थिए।

यसैगरी, जिल्लास्थित सरकारी कार्यालयहरूको अनुगमनपछि संचार मन्त्री गुरुङले बेसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे।

मन्त्री गुरुङले भने, ‘हरेक क्षेत्रका व्यक्ति संचार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ।’

नेपालटिभीअनलाइनमा समाचार र तस्बीर छ।