कास्कीका बादल कार्की र नारायणी भण्डारीले पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री छात्रछात्रातर्फको ५ किलोमिटरको दौड जितेका छन्।
बादलले सो दूरीको दौड १४ मिनेट ५७.३ सेकेण्डमा पूरा गरे।
बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे।
बादल कास्की मोर्डनाइज्ड र नारायणी छोरेपाटन माबिका विद्यार्थी हुन्।
त्यसैगरी, छात्रतर्फ कालिका माबिका कृष्ण परियार दोस्रो भए भने डोल्पास्थित त्रिपुरा माबिका रमेश बुढा तेस्रो भएका छन्।
कृष्णले उक्त दौड १५ मिनेट ०१.४ सेकेण्डमा पूरा गरे भने रमेशले १५ मिनेट १४.४ सेकेण्डमा पूरा गरे।
दोस्रो भएका कृष्णले नगद २५ हजार रुपैयाँ र तेस्रो हुने रमेशले नगद २० हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे।
छात्रतर्फनै जुम्लास्थित चन्दननाथ माबिका यूवकराज बुढा चौथो, त्रिवेणी पब्लिक कास्कीका अमृत बि.क. पाँचौ र छोरेपाटन माबिका तेन्जन रोक्कामगर छैटौं स्थानमा आए।
उनीहरुले जनही नगद १०/१० हजार रुपैयाँ प्राप्त गर्न सफल भए।
प्रतियोगितामा छात्रातर्फ कालिका माबिकी स्वीकृती कार्की दोस्रो हुँदा धनकुटास्थित श्री सिंहेश्वरी माबिकी जुही राई तेस्रो भइन्।
स्वीकृतीले २५ र जुहीले २० हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
त्यस्तै, अमरसिंह माबिकी रक्षा फगामीमगर चौथो, गौरीशंकर माबिकी कविता मगर पाँचौ र श्री मेघराज माबिकी एन्जिला जिटी छैटौं स्थान प्राप्त गर्दै जनही नगद १०/१० हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र हात पारे।
छात्रछात्रा दौडमा विभिन्न विद्यालयका ५ सय बढीको सहभागिता थियो।