चिनियाँ धाविका रोङ क्रस कन्ट्री च्यालेन्ज इन्डिभिजुअलको च्याम्पियन

यस इभेन्टमा ९ मिनेटले पछि परेकी नेपाली धाविका कल्पना बुढा उपविजेता बनिन्

जनसम्मत
कार्तिक २४, २०८१, शनिबार

महिलातर्फ चिनियाँ धाविका झेङ वाङ रोङ क्रस कन्ट्री च्यालेन्ज इन्डिभिजुअल इभेन्टतर्फकी च्याम्पियन बनेकी छन्।

रोङले उक्त दौड ४ घन्टा ४१ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनिन्।

यस इभेन्टमा च्याम्पियन बनेकी रोङले १ लाख ५२ हजार ८ सय रुपैयाँ (८ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार जितिन्।
नेपाली धाविका कल्पना बुढा उपविजेता बनिन्।

९ मिनेटले पछि रहेकी उनले उपविजेता बन्न ४ घन्टा ५० मिनेटको समय लगाइन्।

उपविजेता बनेकी कल्पनाले १ लाख १४ हजार ६ सय रुपैयाँ (६ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार हात पारिन्।

यस्तै, महिलातर्फ नै ५ घन्टा ८ मिनेट १८ सेकेण्डमा दौड पूरा गरी राममाया बुढा तेस्रो बनिन्।

तेस्रो बनेकी राममायाले ७६ हजार ४ सय (४ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्का प्राप्त गरिन्।

लाक्पा निङ्मा शेर्पाले ५ घन्टा २५ मिनेट २५ सेकेण्डमा दौड पुरा गरी चौथो बनिन् ।

मिनु बुढाले ५ घन्टा ३० मिनेट ३९ सेकेण्डमा दूरी पार गरी पाँचौ स्थान हासिल गरिन्।

त्यस्तै छोकी शेर्पा छैटौं र नितु तामाङ सातौं स्थानमा आइन्।

चौथो लाक्पा र पाँचौ मिनु, छैटौं छोकी र सातौं स्थानमा आएकी नितुले समान ३८ हजार २ सय रुपैयाँ (२ हजार आरएमबी) नगदसहितको पुरस्कार हात पारे।

त्यस्तै, यस इभेन्टको आठौं स्थानमा आस्मा बि.क. नवौं स्थानमा चिनियाँ वु यु क्यु र दशौं स्थानमा ज्ञानु चौधरी आइन्।

आठौंदेखि दशौं स्थानसम्म आउने आस्मा, क्यु र ज्ञानुले समान १९ हजार १ सय (१ हजार आरएमबी) नगदसहितको पुरस्कार प्राप्त गरे।

च्यालेन्ज इन्डिभिजुअलतर्फ नेपाली महिला तथा पुरुष ८७ र चिनतर्फका २९ जनाको सहभागिता थियो।