प्रदीपराज वन्त, (एनएफपीजे) को अध्यक्ष

समूहको २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो

जनसम्मत
कार्तिक २४, २०८१, शनिबार

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन्।

समूहको शनिबार सम्पन्न २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ छन्।

केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिशसिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत छन्।

विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता संगठन हो।

समूहले फोटो पत्रकारको व्यावसायिक हकहित, पेसागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि विविध कार्य गर्दै आइरहेको अध्यक्ष वन्तले जानकारी दिए।

कार्यक्रममा फोटो पत्रकार गणेश बिष्टलाई ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता’ बाट सम्मान गरिएको छ।

त्यसैगरी, सुजन बज्राचार्यलाई ‘साहसिक फोटो पत्रकारिता’ बाट सम्मान गरिएको छ।

त्यस्तै प्रविन श्रेष्ठलाई ‘पर्या–पर्यटन फोटो पत्रकारिता’ बाट सम्मान गरिएको छ।

लेखबहादुर श्रेष्ठलाई ‘मनोरञ्जन फोटो पत्रकारिता’ बाट सम्मान गरिएको छ।

यसैगरी, सरोज नेपाललाई ‘खेलकुद फोटो पत्रकारिता’ बाट सम्मान गरिएको छ।

यस्तै, सिविन नेपालकी फोटो पत्रकार रमिता छुँजुलाई ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार २०८१’ बाट सम्मान गरेको छ।

समूहका कार्यवहाक महासचिव घनश्याम श्रेष्ठलाई ‘संस्थागत एनएफपीजे प्रेसिडेण्ट अवार्ड २०८१’ बाट सम्मान गरेको छ।

समूहको रामेछाप शाखालाई ‘उत्कृष्ट जिल्ला शाखा पुरस्कार’ प्रदान गरेको छ।