गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

पक्राउलगत्तै काठमाण्डौं जिल्ला अदालतमा पेश, अदालतद्वारा कारागर चलानको आदेश

जनसम्मत
कार्तिक २७, २०८१, मंगलवार

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन्।

ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सानोभर्याङबाट प्रहरीले पक्राउ गरेको हो।

यही कार्तिक २० गने मनाङेको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत, पाटनकै फैसला सदर गरेको थियो।

पाटन अदालतले गुरुङलाई ५ वर्ष कैदको सजाय सुनाएको थियो।

त्यसअघि जिल्ला अदालत काठमाडौँले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैद सजाय तोकेको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गरेको थियो।

मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

मंगलबार मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो।

लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो।

तस्बीरः एजेन्सी