एमालेको जागरणसभाको तयारीका लागि संयोजन समिति गठन

सभाको तयारीका लागि वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ

जनसम्मत
कार्तिक २८, २०८१, बुधबार

नेकपा (एमाले)ले मंसिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारीका लागि संयोजन समिति गठन गरेको छ।

काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्लाको संयुक्त आयोजनामा हुने सभाको तयारीका लागि वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो।

समितिको सह–संयोजक कैलाश ढुंगेल छन्।

सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, शमिक बडाल, जनक चौधरी छन्।

मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ जनसभा गर्न लागिएको भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।