ताजिकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ।
ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४–० को फरक गोल अन्तरले पराजित भएको हो।
नेपालले पहिलो हाफमा ३ गोलले पछि परेको थियो भने दोस्रो हाफमा थप १ गोल ब्यहोरेको थियो।
ताजकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान २ गोल गरे।
अब, नेपालले यसै मैदानमा आगामी शनिबार अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
फिफा वरीयता १५१ औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ।
जसमा, ३ खेलमा जित हासिल गरेको छ।
२ खेल बराबरी खेलेको छ।
१ खेलमा हार ब्यहोरेको छ।
२०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दैछ।