यु–१९ पुरुषतर्फको तेस्रो अभ्यास खेलमा नेपालले कर्नाटकलाई हरायो

नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४० ओभर २ बलमा १६१ रनमा अलआउट भयो

जनसम्मत
मंसिर २, २०८१, आइतबार

यु–१९ पुरुषतर्फको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको यु–१९ को टोलीलाई तेस्रो खेलमा १२१ रनले हराएको छ।

नेपाली युवा टोलीले दिएको २८३ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली ४० ओभर २ बलमा १६१ रनमा अलआउट भयो।

कर्नाटकका गगन रावले सर्वाधिक ४६ रन बनाए।

नेपालका नरेन साउदले ४ विकेट लिए।

त्यसैगरी, युवराज खत्रीले ३ विकेट लिए।

यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रन बनायो।

नेपालका ३ खेलाडीले अर्धशतक बनाए।

रोशन बि.क.ले नटआउट ८१ रन बनाए।

त्यसैगरी, मयन यादवले ५८ रन बनाए।

उत्तम थापामगरले ५२ रन बनाए।

कर्नाटकका लोहिथ र वासुले समान २/२ विकेट लिए।

योसँगै ५ खेलको श्रृंखलामा नेपालले अग्रता लिएको छ।

पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी बनेको थियो।

दोस्रो खेल नेपालले ७ विकेटले जितेको थियो।

नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको ५ अभ्यास खेल खेलेको हो।

यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि युएई जानेछ।