नेपालले जित्यो, कर्नाटकसँगको यु–१९ पुरुषतर्फको अभ्यास खेल

५ अभ्यास खेलको श्रृंखलामा नेपाल ३–२ ले विजयी बनेको हो

जनसम्मत
मंसिर ६, २०८१, बिहीवार

यु–१९ पुरुषतर्फ, कर्नाटकसँगको ५ अभ्यास खेलको श्रृंखला नेपालले जितेको छ।

१९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले कर्नाटक टोलीसँगको ५ वटा अभ्यास खेलको श्रृंखला जितेको छ।

आज भएको पाँचौं तथा अन्तिम खेलमा कर्नाटकलाई ७ विकेटले हराउँदै नेपाली युवा टोलीले श्रृंखला जितेको हो।

कर्नाटकले दिएको १९२ रनको लक्ष्य नेपालले ४० ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो।

नेपालका आकाश त्रिपाठीले नटआउट ८९ रन बनाए।

यस्तै, मयन यादवले ५० रन जोडे।

कर्नाटकका प्रणव अश्वथले २ विकेट लिए।

यसअघि, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्नाटकको टोलीले ५० ओभरमा सबै विकेट गुमाएर १९१ रन बनायो।

कर्नाटकका कप्तान रोहितले सबैभन्दा धेरै ४१ रन बनाए।

नेपाली युवा टोलीका कप्तान हेमन्त धामीले ३ विकेट लिए।
अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले समान २/२ विकेट लिए।

श्रृंखलाको पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी भएको थियो।

त्यसैगरी, दोस्रो खेलमा नेपालले ७ विकेटले जितेको थियो।

यस्तै, तेस्रो खेलमा नेपाल १२१ रनले विजयी विजयी बनेको थियो।

चौथो खेल कर्नाटकले ५ विकेटले जितेको थियो।

नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको ५ वटा अभ्यास खेल खेलेको हो।

तस्बीर : क्यान