नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो हार

पाकिस्तानमा चलिरहेको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ७० रनले पराजित बनेको हो

जनसम्मत
मंसिर १०, २०८१, सोमबार

चौथो नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार खेपेको छ।

पाकिस्तानमा चलिरहेको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ७० रनले पराजित बनेको हो।

हिँजो लाहोरमा भएको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६७ रनले पराजित भयो ।

यसअघि, पहिलो खेलमा नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको थियो।

बंगलादेशले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो।

नेपालका लागि भरत थापाले सर्वाधिक ३१ रन बनाए।

बंगलादेशका अस्मोत अलीले २ विकेट लिए।

त्यसअघि, बंगलादेशले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो।

बंगलादेशका आरिफ हुसेनले ५४ रन बनाए।

नेपालका सुनिल मगर, भरत थापा, अमिस गुरागाईँ र दुर्गादत्त पौडेलले समान १/१ विकेट लिए।

नेपालले आफ्नो तेस्रो खेल आज (सोमबार) अफगानिस्तानसँग खेल्नेछ।