स्याङ्जाको कोल्मा बहाकोटमा यस वर्ष पनि खुल्ला दौड हुँदैछ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च, स्याङ्जाद्वारा विगतमा जस्तै यस वर्षपनि पाँचौं संस्करणको २५ कि.मि.को खुल्ला दौड, खुल्ला महिला र २१ वर्षमुनिको १० कि.मि. दौड, विद्यालयस्तरीय ५ कि.मि. दौडको आयोजना गर्न लागेको हो।
मञ्चले पोखरामा आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको ८ गते खुल्ला दौड हुने जानकारी गराएको हो।
२५ कि.मि.को खुल्ला दौड प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
दोस्रो हुनेले नगद ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
त्यसैगरी, तेस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
यस्तै, १० कि.मि.को २१ वर्षमुनिका धावक र खुल्ला महिला दौडको विजेताले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
दोस्रो हुनेले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
त्यसैगरी, तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
विद्यालयस्तरीय ५ कि.मि. दौडका विजेताले नगद १२ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
दोस्रो हुनेले नगद ८ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
तेस्रो हुनेले नगद ४ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
मञ्चका अध्यक्ष दुतप्रसाद गुरुङले कोल्मा बहाकोट स्याङ्जाको ४ थुमभित्र रहेको एक ऐतिहासिक कोट भएको र त्यस क्षेत्रको स्थानीय भाषा, संस्कार, संस्कृति र स्थानीय खानाका साथै पौराणिक खेलकुदको प्रबद्र्धन हुने विश्वास लिएका छन्।
यसले त्यस क्षेत्रको आन्तरिक पर्यटन गर्ने उद्देश्य रहेको गुरुङको भनाई छ।
गुरुङका अनुसार कोल्मा बहाकोट क्षेत्रमा सोरठी, घाँटु, झोरा, भजनकीर्तन र पञ्चेबाजाको संरक्षण र सम्बद्र्धन हुनेछ।
प्रतियोगिताको तयारीलाई तिब्र पारिएकोे मञ्चका सचिव जीवन थापामगरले बताए।
मगरका अनुसार, प्रतियोगितालाई सफल बनाउन मञ्चका अध्यक्ष गुरुङको संयोकत्वमा विभिन्न समिति, संयोजक र सदस्यहरु तोकिएको छ।