नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ।
पाकिस्तानमा चलिरहेको तेस्रो खेलमा आज (सोमबार) भएको खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायो।
नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो।
अफगानिस्तानका अबसिन सेलाबले सबैभन्दा धेरै ५३ रन बनाए।
नेपालका सुनिल मगरले ३ विकेट लिए।
यसअघि, पाकिस्तानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएको थियो।
नेपालका पदम बडैलाले नटआउट ९२ रन बनाए।
त्यसैगरी, नरेश चौधरीले नटआउट ७२ रन बनाए।
यसअघि, नेपाल पहिलो खेलमा श्रीलंकासँग ७० रनले हारेको थियो।
यसैगरी, दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६७ रनअन्तरमा पराजित भएको थियो।
नेपालले भोलि (मंगलबार) दक्षिण अफ्रिकासँग खेल्नेछ।