नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

पाकिस्तानमा चलिरहेको प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हरायो

जनसम्मत
मंसिर ११, २०८१, मंगलवार

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

नेपालले चौथो खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रनमात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १०० रन बनाए।

दक्षिण अफ्रिकाका २ खेलाडी रनआउट भए।

यसअघि, पाकिस्तानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनायो।

नेपालका नरेश चौधरीले सर्वाधिक ८० रन बनाए।

सागर लामाले ४० रन जोडे।

यसैगरी, पदम बडैलाले ३४ रन बनाए।

दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले १ विकेट लिए।

यसअघि,नेपाल पहिलो खेलमा श्रीलंकासँग ७० रनले हारेको थियो।

त्यसैगरी, दोस्रो खेलमा बंलादेशसँग ६७ रनले पराजित भएको थियो।

तेस्रो खेलमा भने नेपालले अफगानिस्तानलाई १०८ को फरक रनअन्तरमा हराएको थियो।