एसीसी यु–१९ पुरुष एशिया कपको पहिलो खेलमा नेपालको खराब सुरुवात गरेको छ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ।
श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा अलआउट भयो।
नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए।
श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिए।
यसअघि, युएईको शारजहामा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो।
श्रीलंकाका शारुजन शानमुगनाथनले ६२ रन बनाए।
नेपालका सन्तोष यादवले ४ विकेट लिए।
युएईमा आज (शुक्रबार) देखि सुरू प्रतियोगितामा ८ देश सहभागी छन्।
१९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ’ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन्।
समूह ’बी’ मा नेपाल, श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
नेपालले समूह चरणको दोस्रो खेलमा आउँदो आइतवार बंगलादेशसँग खेल्नेछ।
तेस्रो तथा अन्तिम खेलमा आउँदो मंगलबार अफगानिस्तानसँग खेल्नेछ।
समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।
तस्बीरः एसीसी