पोखरामा आइटीएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट १ र २ सुरू भएको छ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबार सुरु प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा ३५ खेल सम्पन्न भएका छन्।
प्रतियोगिताका विश्व नं १ वरीयता जापनका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे।
गत वर्षसमेत नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते।
यसैगरी, ब्वाइजतर्फ नै नेपाली खेलाडी सक्षमविक्रम शाहले भारतीय खेलाडी शौनक चटर्जीलाई २–१ ले पराजित गरेका छन्।
सक्षमले ६–४, ३–६ र ६–३ ले आफ्नो नाममा जित दर्ता गरे।
त्यस्तै, सोमबारबाटै सुरू भएको पहिलो चरणको खेलमा नेपाली खेलाडी आयुष्मान हजुर घलेसमेत भारतीय खेलाडी अमित मुन्दसँग ६–४, ६–४ ले पराजित भएका छन्।
भारतीय खेलाडी आदित्य मोरले भारतकै आरभ चावलालाई ३–६, ६–२, र ६–३ ले पराजित गरे।
भारतका अद्भित तिवारीले नेपालका राजवीर प्रधानलाई ६–३, ४–६, ६–४ ले पाखा लगाए।
भारतका सौर्य समलाले नेपालका निश्चल कायस्थलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे।
पहिलो चरणको खेलमा भारतका ओजश मेहलावत संग नेपाली खेलाडी दर्शिल श्रेष्ठले हार ब्यहोरेका छन्।
पोखरेली खेलाडीसमेत रहेका दर्शिल आफ्नै मैदानमा ६–१, ६–१ ले पराजित बने।
अस्ट्रेलियाका प्रतिक नविनले भारतका प्रकाश शरणलाई ६–३, ६–० ले, भारतका वीर मदमले चिनका केजुङ देङलाई ३–६, ६–० र ६–२ ले पराजित गरे।
भारतकै अधिराजक ठाकुरले भारतकै शिवतेज सिरफुलेलाई ६–१, ६–२ ले पाखा लगाए।
भारतकै आश्रभ्य मेहराले भारतकै भ्योम शाहलाई ६–०, ६–१ ले पराजित गरेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिएका छन्।
त्यस्तै, गल्र्सतर्फ नेपाली खेलाडी शिभाली गुरुङले भारतकी भ्रन्दिका राजपुतलाई ६–२, ६–० ले पराजित गरिन्।
चिनकी यूयू ल्युले भारतकी नन्दीनी कन्सलाई ६–१, ४–६ र ७–६ (४) ले हराइन्।
नेपाली खेलाडी सुनिरा थापाले भारतकी नेभी दवासलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरिन्।
भारतकी रित अरोराले भारतकै एन्जल पटेललाई ६–३, ६–३ ले हराइन्।
मंगोलियाकी मार्टा चोकसोम्जाभले भारतकी मानसी सिंहलाई ६–१, ६–० ले पाखा लगाइन्।
भारतकी दिशा बेहेराले क्यानाडाकी नोरा चौधरीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरिन्।
पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले गरेका हुन्।