पत्रकार महासंघमा गिरी नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी

अध्यक्षका प्रत्यासी गिरी प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत हुन्

जनसम्मत
मंसिर २२, २०८१, शनिबार

पत्रकार महासंघको भावी नेतृत्वका लागि ६ घटकहरुले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन्।

यही मंसीरको आउँदो २८ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल बनेको हो।

निर्वाचनका लागि प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च, नेपालको संयुक्त प्यानल बनेको हो।

संयुक्त प्यानलबाट अध्यक्षका प्रत्यासी बनेका गिरी प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्षसमेत हुन्।

शुक्रबार दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि गिरीको प्रस्तावक प्रेस सेन्टरका अध्यक्ष विष्णु सपकोटा छन्।

त्यसैगरी, उनको समर्थक समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी छन्।

गिरीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी उम्मेदवार छन्।

त्यसैगरी, महिला उपाध्यक्षमा गंगा बराल उम्मेदवार छिन्।

समावेशी उपाध्यक्षमा सुवास साह उम्मेदवार छन्।

महासचिवमा लेखनाथ न्यौपाने उम्मेदवार छन्।

खुला सचिवमा उत्तर विष्ट उम्मेदवार छन्।

मधेसी सचिवमा सिर्जन झा उम्मेदवार बनेका छन्।

महिला सचिवमा सरिता बराइली उम्मेदवार छिन्।

दलित सचिवको उम्मेदवारमा वसन्त विश्वकर्मा छन्।

आदिवासी/जनजाति सचिवमा भीषण राई सो प्यानलबाट उम्मेदवार बनेका छन्।

यसैगरी, एसोसिएट सचिवमा विकास कार्की उम्मेदवार बनेका छन्।

कोषाध्यक्षमा रामकृष्ण अधिकारी उम्मेदवार बनेका छन्।

लेखा समिति संयोजकको उम्मेदवारमा मणि दाहाल छन्।

संयुक्त प्यानलबाट सिंगो केन्द्रीय समितिका लागि उम्मेदवारी दिइएको छ।

तस्बीरः इकान्तिपुरबाट

 

 

तस्बीरः इकान्तिपुरबाट