एनपीएल क्रिकेटमा कर्णाली याक्सको दोस्रो जीत

कर्णालीले विराटनगर किङ्सलाई ७ रनले हरायो, विराटनगरको तेस्रो हार

जनसम्मत
मंसिर २२, २०८१, शनिबार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले दोस्रो जीत निकालेको छ।

कर्णालीले विराटनगर किङ्सलाई ७ रनले हराएको हो।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो।

विराटनगरका निकोलस क्रिटोनले सर्बाधि ४० रन बनाए।

कर्णालीका नन्दन यादवले ३ विकेट लिए।

यस्तै, विपिन शर्माले २ विकेट लिए।

कप्तान सोमपाल कामी, युनिससिंह ठकुरी र विलियम बोसिस्टोले समान १/१ विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनायो।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रन बनाए।

यस्तै, देब खनालले ५३ रन जोडे।

आजको खेलमा शिखर धवनले ५ बलमा ५ रन मात्र बनाए।

विराटनगरका प्रतिश जिसीले ४ विकेट लिए।

यस्तै, क्रिस सोल र बसिर अहमदले समान २/२ विकेट लिए।

यो जीतसँगै कर्णालीले ४ खेलबाट ४ अंकसहित तालिकाको चौथो स्थानमा छ।

विराटनगरले ४ खेलबाट २ अंकसहित तालिकाको पुछारबाट दोश्रो स्थानमा छ।