आदर्श कप फुटबल प्रतियोगिताको विभागीय डर्बीमा एपीएफले बाजी मारेको छ।
पोखराको लेखनाथस्थित भण्डारढिकमा जारी २५ औँ संस्करणको प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा विभागीय सशस्त्र प्रहरी बल गण्डकी मुख्यालय एपीएफले अर्को विभागीय नेपाली सेनाको सिद्धि दल गण पश्चिम पृतनालाई ३–१ गोल अन्तरले हरायो।
विभागीय सशस्त्र प्रहरी बल गण्डकी मुख्यालय (एपीएफ) का लागि नवराज मगर, रन्जित चौधरी र प्रविन मगरले गोल गर्दै टोलीलाई सेमिफाइनल यात्रा गराए।
नवराज मगरले खेलको २५ औं मिेतटमा गोल गरे।
रन्जितले ६५ औं मिनेटमा गोल गरे।
प्रविनले ७० मिनेटमा गोल गरे।
आर्मीका मदन लिम्बुले खेलको अतिरिक्त समयमा गोल गरे।
यो जीतसँगै विभागीय सशस्त्र प्रहरी बल गण्डकी मुख्यालय एपीएफले सेमिफाइनलमा स्थान बनाएको छ।
अर्को विभागीय नेपाली सेनाको सिद्धि दल गण पश्चिम पृतना भने यो हारसँगै प्रतियोगिताबाटै बाहिरिएको छ।
एपीएफका प्रविन स्याङतान उक्त खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए।
प्रविनले नगद ५ हजारको साथमा ‘म्यान अफ दि म्याच’ को ट्रफी पुरस्कार पाए।