गोरखाको सहिद लखन गाउँपालिका–७ बुङकोटमा उपभोक्ता समितिलाई सम्मान

गाउँपालिकाबाट स्वीकृत चालु आर्थिक वर्षका योजना समयमै सकेर भुक्तानी लिने समितिलाई सम्मान गरिएको हो

जनसम्मत
मंसिर २९, २०८१, शनिबार

गोरखाको सहिद लखन गाउँपालिकामा शुक्रबार उपभोक्ता समितिलाई सम्मान गरिएको छ।

गोरखाको शहिद लखन गाउँपालिका–७ बुङकोटले गाउँपालिकाबाट स्वीकृत चालु आर्थिक वर्षको योजनाा तथा कार्यक्रमअनुसार संचालित योजनाहरुको अर्धवार्षिक समिक्षा गर्दै उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन्।

उनकाअनुसार वडा कार्यालयले चालु आर्थिक वर्षमा पहिलो र दोस्रो योजना सम्पन्न गरी रकम भुक्तानी लिने उपभोक्ता समितिलाई प्रमाणपत्र र दोसाल्ला र कदरपत्रले सम्मान गरिएको श्रेष्ठले बताए।

वडा अध्यक्ष श्रेष्ठका अनुसार वडामा चालु आर्थिक वर्षमा कूल १९ वटा योजना छन्।

जसमध्ये १४ वटा योजना उपभोक्ता समितिमार्फत गर्नु पर्नेछ, श्रेष्ठको भनाई छ, ‘हालसम्म २ वटा योजना सम्पन्न भइसक्यो, ४ वटा अन्तिम चरणमा रहेको छ। बाँकी योजना ६० प्रतिशत काम अघि बढीसक्यो।’

‘वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरेर उपभोक्ता समिति गठन गरी काम सम्पन्न गर्न सफल समितिलाई प्रोत्साहन स्वरुप वडामा आएका आगमी योजनाहरु निष्पक्षपूर्वक काम गरी वडामा विकसित वडा बनाउने अभियानमा सबैको सहयोग र साथले मात्र सम्भव भएकाले सम्मान गर्ने कार्यक्रम राखिएको हो’, वडा अध्यक्ष श्रेष्ठको भनाई छ।

यस वर्ष गाउँपालिकाबाट स्वीकृत योजना तथा कार्यक्रममध्ये बनकाली गरन्जा गाउँ हुँदै सुसारे गाउँ सडक स्तरोन्नति योजना उपभोक्ता समितिले वडामा पहिलो पटक योजना सम्पन्न गरी रकम भुक्तानी लिएको वडा कार्यालले जनाएको छ।

त्यस्तै, अर्को योजनाअन्र्तगत मास्कीछाप भूपू सैनिक ट्रस भवन निर्माण योजना उपभोक्ता समितिले वडामा योजना सम्पन्न गरी भुक्तानी लिने दोस्रो उपभोक्ता समितिको सम्मानित भएको छ।

वडा कार्यालयले वडाको सामाजिक तथा विकास निर्माणको काममा योगदान दिएकाले उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष श्रेष्ठले उल्लेख गरे।

वडामा भएको सबै योजना आर्थिक वर्षअगाबै २०८१ साल चैत महिनाको मसान्तसम्म योजना सम्पन्न गरी सबै उपभोक्तालाई भुक्तानीसहित सम्मान गरिने योजना रहेको वडा कार्यालयले जनाएको छ।