रवि लामिछानेलाई हवाइमार्गबाट पोखरा ल्याइयो

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि त्यहाँ लगिएको थियो

जनसम्मत
मंसिर २७, २०८१, बिहीवार

रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याइएको छ।

उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा ल्याइएको हो।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि त्यहाँ लगिएको थियो।

उनलाई बुद्ध एयरको विमानस्थलबाट काठमाडौं लगिएको हो।

लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुगेको छ।

सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ।

लामिछानेलाई २ कार्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएर पोखरा ल्याइएको थियो।