नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल ‘सुनिलले रास्वपा सभापति लामिछानेलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा गएर भेटेका छन्।
पौडेलले आफू पार्टी अध्यक्ष प्रचण्डको निर्देशनबमोजिम रास्वपा सभापति लामिछानेलाई भेट्न आएको प्रतिक्रिया दिएका छन्।
उनले आफूले पार्टी अध्यक्ष प्रचण्डको निर्देशनबमोजिम लामिछानेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताए।
उनले आफ्नो भेट राजिनीतिक नभएको जिकिर गरेका िछन्।
हजारौ सहकारी पिडितको बचत फिर्ता गर्नतिर नलागेर सिंगो राज्य एउटा व्यक्ति रबि लामिछानेमाथि राजनीतिक प्रतिशोध लिएर खनिएको पौडेलको आरोप छ।
नेता पौडेलले तत्काल सरकारले सहकारी पीडितको बचत रकम फिर्ता गर्न आबश्यक कानून परिमार्जन गर्नेदेखि आबश्यक ब्यबस्था गर्नतिर लाग्नु पर्नेमा जोड दिएका छन्।
आफूहरु संसद खुल्नासाथ देशमा चलिरहेको लुटतन्त्रबिरुद्ध संसदमा उत्रने नेता पौडेलले बताएका छन्।