यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालको विजयी सुरुवात

नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो, नेपालकी कप्तान पूजा महतोको उत्कृष्ट प्रदर्शन, नेपाल ’सुपर–४’ मा प्रवेश

जनसम्मत
पौष १, २०८१, सोमबार

यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शनसहितको शानदार विजयी सुरुवात गरेको छ।

नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हरायो।

मलेसियाको क्वालालम्पुरमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

नेपालकी कप्तान पूजा महतोले नटआउट सर्वाधिक ४७ रन बनाइन्।

पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान १/१ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो।

पाकिस्तानकी कोमल खानले सर्वाधिक ३८ रन बनाइन्।

नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन्।

रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १/१ विकेट लिए।

यो जीतसँगै नेपाल ’सुपर–४’ मा प्रवेश गरेको छ।

पाकिस्तानले लगातार २ खेल हारेर बाहिरिएसँगै नेपालले समूह चरणको अन्तिम खेलअघि नै ’सुपर–४’ मा स्थान बनाएको हो।

नेपालले समूह ’ए’ को अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ।

१९ वर्षमुनिको महिला एसिया कप क्रिकेटको यस प्रतियोगिताको समूह ‘ए’ मा नेपाल पाकिस्तान र भारत छन्।

त्यसैगरी, समूह ’बी’ मा श्रीलंका, बंगलादेश र आयोजक मलेसिया छन्।

एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो।

यु–१९ महिला विश्वकप सन २०२५ को जनवरीमा मलेसियामै आयोजना हुँदैछ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।

यस समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्।