काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपमा इरानको यु–१८ को टोलीले लगातार तेस्रो जीत हात पारेको छ।
त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (बुधबार) भएको खेलमा इरानको १८ वर्षमुनिको टोलीले भारतको क्यालिकट हिरोजलाई ३–० को सोझो सेटमा हरायो।
इरानको युवा टोलीले पहिलो सेट २७–२५ ले जीत निकाल्यो।
यसैगरी, दोस्रो सेटमा २५–२२ ले जित्यो।
तेस्रो सेटमा पनि २५–२० ले सहजै जित्यो।
इरानको युवा टोलीले पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई र दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल संघलाई हराएको थियो।
काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपमा आजको दोस्रो खेलमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब र माल्दिभ्सको क्लब एचडीसीबीच खेल भइरहेको छ।
प्रतियोगितामा नेपालसहित ४ देशका ५ वटा क्लब सहभागी छन्।
लिगमा उत्कृष्ट हुने शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन्।