काभा पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

लगातार ४ वटै खेल हारेको गण्डकी प्रदेश भलिबल संघ प्रतियोगिताबाट बाहिरियो

जनसम्मत
मंसिर २७, २०८१, बिहीवार

काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको सेमिफाइनल समीकरण पूरा भएको छ।

इरानको यु–१८ को जुनियर टोलीले क्लब लिगको शीर्ष स्थान ओगट्यो।

त्यसैगरी, नेपालको हेल्प नेपाल स्पोर्ट्स क्ल दोस्रो स्थानमा रह्यो।

भारतको क्यालिकट हिरोज तेस्रो स्थान रहन सफल बन्यो।

यसैगरी, माल्दिभ्सको क्लब एचडीसी चौथो स्थानमा रह्यो।

आज भएको लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेश भलिबल संघले क्यालिकट हिरोजसँग ३–० को सोझो सेटको हार बेहोर्दै समूह चरणबाट बाहिरियो।

यस्तै आजको पहिलो खेलमा इरानको यु–१८ युवा टोलीले हेल्प नेपाललाई ३–१ को सेटमा हरायो।

काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको पहिलो सेमिफाइनलमा भोलि दिउँसो साढे २ बजे इरानको युवा टोली र क्यालिकट हिरोज खेल्नेछन्।

यस्तै, दोस्रो सेमिफाइनलमा बेलुकी ५ बजे हेल्प नेपाल र एचडीसी क्लब खेल्नेछन्।

फाइनल खेल पर्सि शनिवार बेलुकी साढे ४ बजे हुने तालिका छ।