पोखरा–९ को रेडक्रस उपशाखा सभापतिमा पुनः पहारी दोहोरिए

रेडक्रस उपशाखाको नवनिर्मित भवनको उद्घाटन

जनसम्मत
मंसिर ३०, २०८१, आइतबार

पोखरा–९ को नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभापतिमा पुनः राजेन्द्र पहारी दोहिोरिएका छन्।

उपशाखाको ३१ औं साधारण सभा तथा नवौं अधिबेशनले पुनः राजेन्द्र पहारीको अध्यक्षतामा २ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो।

उपशाखाको उपसभापतिमा लक्ष्मी पहारी, सचिवमा बासुदेब तिम्सिना, कोषाध्यक्षमा उत्तम जोशी, उपसचिवमा संजय आचार्य, उपकोषाध्यक्षमा कृष्णबहादुर रानाभाट छन्।

त्यसैगरी, सदस्यहरुमा शेषनारायण पौडेल, शम्भुलाल श्रेष्ठ, हिरा घले, रुपा केसी र दिलमाया गुरुङ सर्वसम्मत चयन भएका छन्।

सो अवसरमा नवनिर्मित भवनको उद्घाटनसमेत गरिएको छ।

सभाका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले उपशाखाको नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै वडाध्यक्ष मर्सानीले रेडक्रस संस्था बिशुद्ध मानवीय सेवा गर्ने भएकोले वडाले पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

उनले वडाबाट गरिने विपदका कार्य तथा विपन्न परिवारलाई राहत दिनेलगायतका परोपकारी कार्यहरु पनि रेडक्रस सोसाइटीसँगको सहकार्यमा गर्ने उनको प्रतिवद्धता थियो।

सो अबसरमा वडासदस्यहरु नन्दराम गिरि, लक्ष्मी पहारी, गिता चम्रकार, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला कोषाध्यक्ष तथा निर्वाचन अधिकृत सन्तोष अधिकारी, भवन निर्माण उपसमिति अध्यक्ष शम्भुलाल श्रेष्ठ, साहारा बाल आवासीय बिद्यालयका अध्यक्ष बिक्रम थकाली, संस्थापक सभापति रामकृष्ण पहारीलगायतले बोलेका थिए।

सभामा कार्यबाहक सचिव बासुदेब तिम्सिनाद्धारा प्रस्तुत सांगठनिक र कोषाध्यक्ष उत्तम जोशीद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन सर्वसम्मत पास गरिएको थियो।

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नुहुने, सस्थापक, यशस्कर सदस्य बिशिष्ट सदस्य आजिवन सदस्य हरुलाई सम्मान गरिएको थियो।

संस्थाका सभापति राजेन्द्र पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति राममाया मानन्धरले र संचालन काबा सचीव बासुदेब तिम्सिनाले गरेका थिए।