फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सलेव चौथो हार व्यहोरेको छ।
काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) भएको पहिलो खेलमा काठमाण्डौ गुर्खाजसँग पोखरा एभेन्जर्स ६ विकेटले पराजित भएको छ।
पोखराले दिएको १३९ रनको लक्ष्य काठमाण्डौले १४ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो।
काठमाण्डौका स्टेफेन इस्किनाजीले सर्बाधिक ६० रन बनाए।
त्यसपछि, माइकल लेभिटले ३२ रन जोडे।
पोखराका विपिन खत्रीले ३ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनायो।
पोखराका रेमोन रेफेरले नटआउट सर्बाधिक ४१ रन बनाए।
त्यसपछि, दिनेश खरेलले ३८ रन जोडे।
काठमाण्डौका कप्तान करण केसी र रशिद खानले समान ३/३ विकेट लिए।
यो जीतसँगै काठमाण्डौले ‘प्ले–अफ’को संभावना बलियो बनाएको छ।
काठमाण्डौ ६ खेलबाट ६ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।
यता, पोखरा भने ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ।
एनपीएलमा आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज खेल्दैछन्।
जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ।
चितवनले पनि क्वालिफायर पुग्ने संभावनालाई कायमै राखेको छ।
चितवन ६ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ।