कर्णाली याक्स नेपाल फ्रेन्चाइज प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ।
काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हरायो।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो।
चितवनका रवि बोपाराले सर्बाधिक ५३ रन बनाए।
कर्णालीका जीशान मक्सूदले ३ विकेट लिए।
कप्तान सोमपाल कामी र नन्दन यादवले समान २/२ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो।
कर्णालीका जयकिशन कोल्सावालाले सर्बाधि ५३ रन बनाए।
त्यसपछि, विलियम बोसिस्टोले ५२ रन थपे।
चाडविक वाल्टनले नटआउट ४६ रन जोडे।
चितवनका सोहिल तानभीरले २ विकेट लिए।
अब, कर्णालीले दोस्रो क्वालिफायरमा आज (शनिबार) नै हुने पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्नेछ।
पहिलो क्वालिफायरमा अहिले दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन्।
यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ।
पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा भोलि (बिहीबार) कर्णालीसँग खेल्नेछ।
दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले पहिलो क्वालिफायरको विजेतासँग फाइनल खेल्नेछ।
फाइनल खेल आउँदो शनिवार हुनेछ।