राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।
पूर्वउपप्रधान तथ गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको हो।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेलाई सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन प्रहरीले कास्कीको सरकारी वकिल कार्यालयलाई सोमबार बुझाएको छ।
रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पृष्ठ लामो छ।
प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।
अहिले पक्राउ परेका ५ जना यसअघि पक्राउ परेका ९ जना र अन्यलाई फरार प्रतिवादी बनाउन प्रहरीले राय दिइएको छ।