मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ

प्रसाईलाई साइबर अपराधको मुद्दामा प्रहरीले पक्राउ गरेको हो

जनसम्मत
मंसिर ४, २०८१, मंगलवार

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाई पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको हो।

सीआईबीका प्रहरीले प्रसाईलाई भक्तपुरस्थित उनको आफ्नै निवासबाट मंगलबार पक्राउ गरेको हो।

प्रसाईलाई साइबर अपराधको मुद्दामा प्रहरीले पक्राउ गरेको हो।

प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ।

प्रसाईविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ।

प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए।