विभागीय नेपाली सेनाका धावक करण रावलले स्याङजाको कोल्मा बहाकोट क्रस कन्ट्री दौड जितेका छन्।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको राष्ट्रियस्तरको क्रस कन्ट्री दौडमा रावलले २५ किलो मिटरको दूरी १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै उपाधि जिते।
विजेता रावलले उपाधिसहित नगद ५० हजार, ट्रफी र मेडल पुरस्कार हात पारे।
‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरेको यस संस्करणको राष्ट्रियस्तरको क्रस कन्ट्रीमा विभागीय नेपाली सेनाकै बर्चस्व कायम गरेको छ।
क्रसकन्ट्री दौडमा नेपाली सेनाकै टंक बहादुर कार्की उपविजेता बने।
कार्कीले निर्धारित २५ किलो मिटरको दूरी १ घण्टा ३२ मिनेट ९ सेकेण्डमा पूरा गर्दै उपविजेता बने।
उपविजेता कार्कीले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पारे।
त्यसैगरी, नेपाली सेनाकै रमेश लिम्बुले निर्धारित दूरी १ घण्टा ३२ मिनेट ५६ सेकेण्डमा पार गर्दै तेश्रो बने। हांसिल गरे।
लिम्बुले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार जिते।
पुतलीबजार नगरपालिका–९ कोल्मा बराहचौरबाट सुरु सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन बराहचौरसम्म २५ किलो मिटरको क्रस कन्ट्री दौडको मापन गरिएको थियो।
त्यसैगरी, २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रस कन्ट्री दौडको उपाधि सनम गुरुङले जिते।
सनमले निर्धारित दूरी ४६ मिनेट ३५ सेकेन्डमा पार गर्दै गर्दै उपाधीसहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।
सल्यानका रुद्र बुढाथोकीले ५० मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै उपविजेता बने।
उपबिजेता बुढाथोकीले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पारे।
प्रतियोगितामा गोरखाका अशोक बरामले निर्धारित दूरी ५१ मिनेट ५१ सेकेण्डमा पार गर्दै तेश्रो स्थानमा आए।
अशोक बरामले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
खुला महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दौडमा रविना बुढामगरले १ घण्टा १२ मिनेट २६ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारिन्।
बुढामगरले उपाधिसहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरिन्।
उपविजेता विमला मानन्धरले १ घण्टा १५ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पार्न सफल बनिन्।
प्रतियोगिताअन्तरगत विद्यार्थीतर्फको ५ किलोमिटरको दौडमा कोल्मा बराहचौरका विधार्थीको समूह विजेता र उपविजेता बन्दा जनजागृती माध्यमिक विद्यालयको समूहले तेस्रो स्थान प्राप्त गरे।
रिले दौडको विजेताले नगद १२ हजार, ट्रफी पुरस्कार जित्यो।
उपबिजेताले नगद ८ हजार, ट्रफी पुरस्कार जित्यो।
तेश्रो स्थान हाँसिल गर्नेले नगद ४ हजार, ट्रफी पुरस्कार जित्यो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर दुत प्रसाद गुरुङ, गण्डकी प्रदेशका पूर्व मन्त्री द्धय दीपक चर्ती मगर, मेखलाल श्रेष्ठ, पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, उपमेयर देवी अर्याललगायतले प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरे।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रममा बोल्दै पर्यटकीय संभावना बोकेको कोल्मामा खेलकुदको बिकासका लागि आगामी आर्थिक बर्षको बजेटमा रातो किताबमै समेटेर बजेट निकासा गर्ने प्रतिवद्धता जनाए।
त्यसैगरी, कोल्माकोट र कोल्मामा निर्माणाधीन बौद्ध गुम्बालाई समेत गण्डकी प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता थियो।