२६ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ को दोस्रो दिन विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता र सडक संवाद कार्यक्रम भएका छन्।
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा शनिबारदेखि सुरु भएको महोत्सवमा भएको वेटर रेसतर्फ व्यन्जन रेष्टुरेण्टका सुबास सिर्पाली प्रथम बने।
त्यसैगरी, आइरिस पवका विनोद श्रेष्ठ दोस्रो भए।
चिल्ली बारका अविश्यक सेन तेसो भए।
वेट्रेस रेसतर्फ व्यन्जन रेष्टुरेण्टका सीमा मल्ल प्रथम बनिन्।
व्यन्जनकै मोनिका नेपाली दोस्रो बनिन्।
प्याराडिस्कोका पूजा रसाइली तेस्रो भइन्।
वेटर वेट्रेसतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५ हजार, ३ हजार, २ हजारसहित प्रमाण पत्र पुरस्का प्राप्त गरे।
विजेतालाई रेवानका अध्यक्ष विश्वराज पौडेल र होटल एशोसिएसन गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदीले पुरस्कार प्रदान गरे।
खहरेस्थित चिल्ली बार रेष्टुरेण्ट अगाडीबाट सुरु भएको दौडमा सहभागीहरुले ट्रे मा पानीको बोत्तल र ग्लासमा पेय पदार्थ लिएर दौडिएका थिए।
त्यसैगरी, मःम खाने प्रतियोगितामा पुरुषतर्फ सम्राट सुवेदी प्रथम र धनबहादुर वुढाथोकी दोस्रो भए।
महिलातर्फ नै मःम खाने प्रतियोगितामा सरला अधिकारी प्रथम र भिमा क्षत्री दोस्रो भए।
त्यस्तै, सडक महोत्सव मै पहिलो पटक सेफ प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिएका छन्।
सेफ प्रतियोगितातर्फ ३६० स्काई लजका राजु नेपाली प्रथम भए।
चिल्ली बारका जितु मगर दोस्रो बने।
मेड ५ रेष्टुरेण्टका शंकर मगर तेस्रो भएका छन्।
यस्तै, जारी महोत्सवमा ‘पोखरा भ्रमण वर्ष–२०२५ चुनौती र अवसर’ शीर्षकमा सडक संवाद कार्यक्रम गरिएको छ।
जसको मुख्य वक्ताको रुपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, वक्ताका रुपमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशी, पाटा नेपाल च्याप्टर अध्यक्ष खेम लकै, पोखरा पर्यटन परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे र पर्यटनउद्यमी शिव ढकाल थिए।
अम्मटमा भोलि (सोमबार) पनि ‘पर्यटन प्रवद्र्वनका लागि खाना, संस्कृति र साहसिक खेल’ शीर्षकमा सडक संवाद कार्यक्रम हुने सडक संवाद कार्यक्रम संयोजक बसन्त गौतमले जानकारी दिएका छन्।
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराले बर्सेनि फेवाताल किनारमा ‘पोखरा सडक महोत्सव’ आयोजना गरी आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सहयो गर्दै आएको छ।
‘अंग्रेजी नयाँ वर्ष–२०२५’ स्वागतार्थ २६ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ पुष १७ गतेसम्म चल्नेछ।