पोखराको फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु

प्रतियोगिता सोमबारसम्म २ दिन संचालन हुनेछ

जनसम्मत
पौष १४, २०८१, आइतबार

पोखरामा आज (आइतबार) देखि दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ।

नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको हो।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिंगापुरका खेलाडी सहभागी हुँदैछन्।

प्रतियोगिता यही पुसको १५ गतेसम्म २ दिन संचालन हुनेछ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी छन्।

प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी १ सय २९ खेलाडी यही पुसको गत बिहीबार पोखरा आएका थिए।

प्रतियोगितामा चीनको ८, सिंगापुरको १ तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुँदैछन्।

प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, डा«गन बोट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल ¥याफ्टिङ एजेन्सीज एशोसिएसन (नारा) सहित नेपालका ११ टोलीको प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगितामा ५ सय सय र २ सय मिटर दौडका विजेता टोलीले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तेस्रो बन्ने टोलीले १ हजार २ सय अमेरिकी डलर पुरस्कार पाउने छन्।

तस्बीरः राधी कँडेल