रबि लामिछानेविरुद्धको कास्की जिल्ला अदालतमा थुनछेकको बहस

लामिछाने कार्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन्

जनसम्मत
पौष १६, २०८१, मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसभापति रबि लामिछानेविरुद्धको थुनछेक बहस सुरु भएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका रबि लामिछानेसहितका अभियुक्तविरुद्ध कास्की जिल्ला अदालतमा मंगलबारदेखि सुरु थुनछेक बहस सुरु भएको हो।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहितको मुद्दाको बहस न्यायाधीश नीतिज राईको इजलासमा जारी छ।

लामिछाने कार्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन्।

लामिछाने र छविलाल जोशीसहित सूर्यदर्शनका पूर्वसंचालक कृष्णबहादुर गुरुङ, जीबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाई र नेचर हब्र्स इन्टरनेसनलका संचालक रामबहादुर खनाल, पूर्व उपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङको कास्की जिल्ला अदालतमा बयान सकिएको छ।

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा यही पुस ७ गते मुद्दा दायर भएको थियो।