तनहुँका ९ वटा पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा प्राप्त भएका सबै राष्ट्रिय परिचयपत्रहरू पलिकामा हस्तान्तरण गर्ने कार्य पूरा भएपछि पालिकाबाट वितरण गरिएको हो।
भानु नगरपालिकाबाहेक सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण भइरहेको छ।
पालिकाबाटै परिचयपत्र वितरण थालिएपछि सेवाग्राहीलाई सहज भएको छ।
जिल्लाका १० स्थानीय तहमध्ये ९ स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।
आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो।
भानु नगरपालिकामा भने राष्ट्रिय परिचयपत्र वितरणको काम बाँकी छ।