नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देवीप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सह–सचिवमा वीरेन्द्रराज काफ्ले छन्।
त्यसैगरी, समितको सदस्यहरुमा जालकुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल छन्।
निर्वाचन समितका संयोजक प्रेमप्रसाद पौडेल तथा सदस्यद्धय जयप्रसाद शर्मा र अरुण गिरीको समिति सर्वसम्मत चयन गर्न महत्वपूर्ण भूमिका थियो।
नेपाल लोकतान्त्रिक यातायात व्यवासयी संघ गण्डकी प्रदेशको हालै सम्पन अधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै जिल्ला समिति विस्तार गरेको हो।
संघले गण्डकी प्रदेशका सवै जिल्लाामा माघ महिनसम्ममा समिति विस्तार गर्ने योजना रहेको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेशबहादुर थापा गणेशले जानकारी दिएका छन्।
यसअघि, प्रमुख अतिथी नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कार्यक्रमको उद्घाटन गरे।
उनले यातायात व्यवसायीका हक हितमा पार्टीले केन्द्र प्रदेश जिल्ला तहमा आवाज उठाउने बताए।
साभापति बरालले भने, ‘तपाइँहरुका समस्या नजाने, नवुझेर वा नदेखेका कारण पार्टीले केहि गरेन भन्ने लाग्न सक्छ। तपाइँहरुले पार्टीलाई जिम्मेवार बनाउने काम गर्नुहोस्, तपाइँहरुका समस्यामा पार्टी सधै साथमा रहनेछ।’
यातायात व्यवसायी मर्यादित र अनुशाशित हुदाँ पार्टीलाई नै फाइदा पुग्ने उनले औंल्याए।
‘व्यवसायीहरु मर्यादित र अनुशाशित बन्नुहोस’, उनको आग्रह थियो।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यातायात व्यवसायीको समस्या नजिकबाट वुझेको बताए।
‘उद्योग वाणिज्य संघमा रहँदा पनि व्यवसायीका हक–हितको पक्षमा आवज वुलद्ध पार्नेछु’, उनको प्रतिबद्धता थियो।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय आमन्त्रित सदस्य तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव भानुभक्त बरालले नेपाली काँग्रेसको नेतृत्वमा सरकार हुँदा मात्रै व्यवसायीका समस्य समाधान हुने गरेको उल्लेख गरे।
पोखरा महानगर पालिका वडा नं. १६ का वडाअध्यक्ष अमृत तिमिल्सिनाले व्यवसायीको समस्या सम्वोधन गर्न यातायात व्यवसायी एक हुनुपर्ने औंल्याए।
नेपाली काँग्रेस कास्कीका सहचिव तथा प्रवक्ता नविन सिग्देलले यातायात व्ययवसायलाई मजवुद र शसक्त बनाउन पार्टी सँगसँगै रहेको उल्लेख गरे।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका अध्यक्ष जीतबहादुर गुरुङले व्यवसायीले वुलन्द रुपमा आवज उठाउन नसकेसम्म समस्या समाधान हुन नसक्ने औंल्याए।
नेपाली काँग्रेस स्याङ्जाका महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरणबावु पन्तलगायतले बोलेका थिए।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष महेशबहादुर थापा ‘गणेश’को अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष वावुराम घिमिरेले स्वागत र सचिव मेघराज त्रिपाठीले कार्यक्रम संचालन गरेका थिए।