तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालले शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम संचालनका लागि स्वीकृत प्राप्त गरेको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकु, काठमाण्डौंको मंसीर २६ गतेको निर्णयअनुसार ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका–२०७८’ बमोजिम अस्पतालमा उक्त कार्यक्रम संचालन गर्न स्वीकृत प्राप्त गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जनाकारी दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, विभागका निर्देशक डा बिबेककुमार लाल तथा पत्रकार पबन पौडेलको विशेष सहयोगमा आँबुखैरेनी अस्पतालमा शल्यक्रियासहितको प्रसुती सेबा प्रदान गर्न अनुमति पाएको चुमानले उल्लेख गरे।।
यस क्षेत्रका नागरिकहरु अब शल्यक्रियासहितको प्रसुती सेबा लिन अन्यत्र बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको समेत गाँउपालिकाले जनाएको छ।