हुम गुरुङ, प्रेस सेन्टर नेपाल, पोखरा महानगरको अध्यक्षमा चयन

प्रेस सेन्टर महानगरको दोस्रो अधिवेशनले गुरुङको नेतृत्वमा ९ सदस्यीय नयाँ कमिटी गठन

जनसम्मत
पौष २४, २०८१, बुधबार

हुमबहादुर गुरुङ, प्रेस सेन्टर नेपाल, पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा निर्वाचित भएका छन्।

प्रेस सेन्टर नेपालको पोखरामा भएको दोस्रो अधिबेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित कमिटीको गठन गरेको हो।

जसको प्रथम उपाध्यक्षमा सपना रसाइली, द्वितिय उपाध्यक्षमा शिब थापा, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा सरिता तामाङ र सह–सचिवमा दिलिप भण्डारी निर्वाचित छन्।

त्यसैगरी, सदस्यहरुमा गिता तिवारी, एलिशा थापा, रवि भण्डारी, दक्ष गुरुङ छन्।

अधिबेशनको उदघाटन सत्रमा नेकपा माओबादी केन्द्रका नेता बिश्वप्रकाश लामिछानेले पत्रकारीताका माध्यमबाट समाजबाद स्थापनाका लागि सहयोग गर्न आग्रह गरे।

‘अब नेपालमा बिधिको सासन, भ्रष्टचार तथा अनियमितता नियन्त्रणमा पत्रकारले थप मेहनत गर्न आबस्यक छ’, माओवादी केन्द्र कास्कीका इञ्चार्जसमेत रहेका लामिछानेको भनाई थियो।

कार्यक्रममा अध्यक्ष शिबराज बस्ताकोटी ‘शिबदाई’ ले संगठनले गरेका गतिबिधिकाबारे जानकारी दिए।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधब पनेरुले देशभर पाँच हजारभन्दा बढी प्रेस सेन्टरका सदस्य रहेको र पछिल्लो अबस्थाले प्रेस सेन्टर श्रमजीवि पत्रकारहरुको अग्रणी र महत्वपूर्ण संगठन भएको पुष्टी भएको उल्लेख गरे।

‘सहिदको रगतले सिर्जित संगठनको बिरासत र गौरव जोगाउन प्रेस सेन्टरका सबै सदस्यहरुको भुमिका बराबर रहेको छ’, पनेरुको भनाई थियो।

नेकपा माओबादी केन्द्रका पोखरा महानगर समितिका सचिव जनकराज पराजुलीले दल र राजनीतिले गलत ट्रयाक लिन खोजे पत्रकारले खबरदारी गर्न आबस्यक रहेको औंल्याए।

कार्यक्रममा प्रेस सेन्टर गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले महानगर नयाँ कमिटलिाई सशक्त रुपमा पत्रकारितामा कृयाशील भैरहन आग्रह गरे।

नवनिर्वाचित कमिटीलाई प्रेस सेन्टर कास्की जिल्ला ईञ्चार्ज सन्देश श्रेष्ठले बधाई तथा शुभकामना दिएका थिए।