माघको पहिलो साता तनहुँको बन्दीपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बन्दीपुर गाउँपालिकाको आयोजनामा माघ ५ गतेदेखि ७ गतेसम्म टुँडिखेलमा प्रतियोगिता संचालन हुनेछ

जनसम्मत
पौष २६, २०८१, शुक्रबार

माघको पहिलो साता तनहुँको बन्दीपुर गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।

बन्दीपुर गाउँपालिकाको आयोजनामा माघ ५ गतेदेखि ७ गतेसम्म टुँडिखेलमा प्रतियोगिता संचालन हुने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले हालै एक सूचना जारी गर्दै विद्यालयहरूले तोकिएको इभेन्टमा आफ्ना विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरूलाई प्रतियोगितामा अनिवार्य सहभागिता गराउन अनुरोध गरेको छ।

प्रतियोगितामा छात्रछात्रा भलिबलका साथै एथलेटिक्सका इभेन्टहरुमा खेलकुद प्रतियोगिता गर्न लागेको हो।

यस्तै, छात्रतर्फको एथलेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४१०० मिटर र ४ हर्डल्स ४०० मिटरको रिले इभेन्ट िहुनेछन्।

त्यसैगरी, छात्रातर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ४१०० मिटर र ४ हर्डल्स ४०० मिटर रिले रहनेछ।

यसैगरी, छात्रतर्फ हाइजम्प, लङजम्प, ट्रिपलजम्प ज्याबलिन थ्रो, ८०० ग्राम तथा १२ पाउण्डको सर्टपुटमा प्रतिस्पर्धा हुनेछ।

यस्तै, छात्रातर्फ हाइजम्प, लङजम्प, ट्रिपलजम्प ज्याबलिन थ्रो ६०० ग्राम र ८ पाउण्डको सर्टपुटमा प्रतिस्पर्धा रहने गाउँपालिका शिक्षा शाखा प्रमुख भीमप्रसाद लामिछानेले बताएका छन्।