अब, राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्न सकिन्छ।
आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने व्यवस्था तय गरिएको हो।
यसअघि, बैंक खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता खोल्न सकिने भएको हो।
नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ।
राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको होइन, आधिकारिकता दिइएको हो।
यसअघि, नागरिकताका आधारमा बैंक खाता खोल्नू भन्ने निर्देशन पनि यथावत नै छ।
अब, राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर दिएपनि बैंकले खाता खोलिदिनुपर्ने हुन्छ।