एसईई–२०८१ को नियमित परीक्षा चैतको ७ देखि १९ गतेसम्म

परीक्षाको नतिजा २०८२ सालको असार पहिलो हप्ताभित्र प्रकाशित गरिसक्ने जनाएको छ

जनसम्मत
माघ १, २०८१, मंगलवार

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ।

सार्वजनिक तालिकाअनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ।

परीक्षाको नतिजा २०८२ सालको असार पहिलो हप्ताभित्र प्रकाशित गरिसक्ने मंगलबार सार्वजनिक कार्य तालिकामा उल्लेख छ।

परीक्षार्थीले रजिस्ट्रेसन÷परीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नाम थरको हिज्जे कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिस्टसँग रुजु गरी फरक परेमा फरक परेको विवरण संशोधन गर्नुपर्ने अवस्थामा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०८२ साल वैशाख मसान्तभित्रमा अनिवार्य रूपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सीधै राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी पठाउनुहुन अनुरोध गरिएको छ।

हेरौं, परीक्षा तालिका