नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रको आयोजना गरी आफ्नो २६ औं स्थापना दिवस मनाएको छ।
स्थापना दिवसको अवसर पारेर एन प्याव्सन कास्कीमा आवद्धमध्ये ३३ विद्यालयका १ सय ४५ जना शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ।
एन प्याव्सन कास्कीका आवद्ध विद्यालयमा १५ वर्षसम्म निरन्तर काम गरेका शिक्षक, कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरेको हो।
कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा खेलकुद क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै भूतपूर्व खेलाडी मञ्च कास्कीका संस्थापक अध्यक्ष तथा पूर्व खेलाडी खड्गबहादुर रानाभाटलाई सम्मान ग-यो।
रानाभाटलाई नेशनल प्याव्सन कास्की खेलकुद सेवा सम्मान २०८१ बाट नगद २५ हजार सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो।
कार्यक्रममा एन प्याव्सन कास्कीका पूर्व परीक्षा संयोजक सञ्जय पौडेललाई सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान ग-यो।
स्थापना दिवसकै अवसर पारेर २०६१/०६२ सालमा स्थापना भएका एन प्याव्सनमा आवद्ध विद्यालयलाई विद्यालय सम्मानबाट सम्मान ग-यो।
यसरी, सम्मानीत हुने विद्यालयहरुमा गण्डकी एकेडेमी कास्की, ओएसिस सेकेण्डरी स्कुल, बड्स एकेडेमी, बागमारा एकेडेमी र न्यू लेखनाथ पब्लिक एकेडेमी छन्।
यसैगरी, २०८० सालको एसईईमा सत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयहरुलाई सम्मान ग-यो।
यसरी, सम्मानीत हुने विद्यालयहरुमा अल्फा एकेडेमी, बालप्रतिभा वोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेण्डरी स्कुल, होली माउण्ट इङ्लिस स्कुल, कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, लेखनाथ मोमोरियल इङ्लिस वोर्डिङ स्कुल, मर्निङ्ग ग्लोरी एकेडेमिक स्कुल, पुष्पसदन एकेडेमी कास्की, पायोनियर इङ्लिस एकेडेमी छन्।
यसैगरी, २०८० सालको एसईई परीक्षामा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रतर्फ न्यू ग्यालेक्सी माविका अभिनित प्रधान र छात्रातर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकी आकृती पन्तलाई सम्मान ग-यो।
त्यस्तै, २०८० सालको एसईई. परीक्षमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याइ उत्तीर्ण हुने छात्रतर्फ कास्की मोडर्नाइज्ड एकेडेमीका गौरव सापकोटा तथा छात्रातर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकै अलिसा श्रेष्ठ र बड्स एकेडेमीकी विमला पौडेललाई सम्मान ग-यो।
उनीहरुलाई नगद १० हजार सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो।
स्थापना दिवसकै अवसरमा प्रकाशन गरिएको स्मारिकाको विमोचनसमेत गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले संस्थागत विद्यालयका समस्या समाधान गर्नका लागि महानगर सधै सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दराज पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्का, सम्मानीत व्यत्तित्व भूतपूव खेलाडी मञ्च कास्कीका अध्यक्ष खड्गबहादुर रानाभाट, नेशनल प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोख्रेल, सम्मानीतको तर्फबाट लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलका कक्षा ११, १२ का संयोजक विष्णुहरि पौडेलले बोलेका थिए।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम संचालन गरेका थिए।
नेशनल प्याव्सन कास्कीमा ४९ विद्यालयहरु आवद्ध छन्।