पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रथम दिक्षान्त समारोह भएको छ।
प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी ओली शर्माको सहभागितामा दिक्षान्त समारोह भएको हो।
कार्यक्रममा कुलपति ओलीबाट विसं. २०८०÷२०८१ मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थी दीक्षित भएका छन्।
यसैगरी, कुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरु अरविन्दकुमार शाह (अर्थाेपेडिक्स) र आशिष सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक वितरण गरे।
विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल उपस्थित समारोहमा कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा. माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री ओलीले प्रतिष्ठान परिसरमा नव निर्मित आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटनसमेत गरे।
१७ करोड रुपैयाँ लागतमा सो आकस्मिक तथा प्राज्ञिक भवन बनेको हो।
उद्घाटन गरेपछि प्रधानमन्त्री ओलीले नवनिर्मित भवनको निरीक्षणसमेत गरे।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. डुकबहादुर क्षत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शय्याको आकस्मिक विभाग संचालनको तयारी भएको जानकारी दिए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना गरिएको हो।
गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गत वर्ष ४ लाख ५५ हजार बिरामीलाई सेवा दिएको थियो।
अस्पतालले हालसम्म १४ जना बिरामीको मिर्गाैला प्रत्यारोपण गरिसकेको छ।
अस्पतालले गण्डकी प्रदेशमै क्यान्सर उपचार सेवासमेत सुरुआत गर्दैछ।