सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ संघीय संसदसमक्ष पेस हुनेभएको छ।
संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।
संचार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको संचालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिएको मन्त्री गुरुङले स्पष्ट पारे।
यसैगरी, मन्त्री गुरुङले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संघीय संसदअन्तर्गत दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।