एमबी आस्था, खेलकुद पत्रकार मञ्च, गण्डकीको अध्यक्ष

१३ सदस्यीय कार्यसमितिको सपथ तथा पदभार ग्रहण शनिबार

जनसम्मत
माघ १०, २०८१, बिहीवार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित भएका छन्।

मञ्चको आज (विहीबार) पोखरामा सम्पन्न तेश्रो अधिवेसनबाट एमबी आस्था निर्वाचित भएका हुन्।

विहीबार साँझ सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी सुरज श्रेष्ठलाई ९ मतान्तरको फरक २ बर्षीय कार्यकालको लागि निर्वाचित भएका हुन्।

मञ्चको ७४ सदस्यमध्ये ६४ जनाले मतदान गर्दा एमबी आस्थाले ३६ मत पाए।

प्रतिस्पर्धी श्रेष्ठले २७ मत प्राप्त गरे।

त्यसैगरी, खुल्ला उपाध्यक्षमा राजाराम पौडेल सर्वसम्वत निर्वाचित भए।

समावेसी उपाध्यक्षमा उमा आलेमगर निर्वाचित भइन्।

आलेमगरले ३६ मत पाउँदा उनका प्रतिस्पर्धी राधिका शर्मा कँडेलले २७ मत प्राप्त गरिन्। ।

परशुराम शर्मा महासचिव निर्वाचित भए।

शर्माले ३८ मत ल्याउँदा, प्रतिस्पर्धी लक्ष्मी जिसी ‘पल्पसा’ ले भने २५ मत प्राप्त गरिन्।

सचिवमा राजु गिरी निर्वाचित भए। उनले ४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत प्राप्त गरिन्।

कोषाध्यक्षमा विमल तिवारी निर्विरोध निर्वाचित भए।

मञ्चको सदस्यहरु सर्वसम्मत निर्वाचित भए।

सदस्यहरुमा गीता रानामगर, कृष्ण दवाडी, चेतबहादुर थापा ‘प्रवीण’, बसबहादुर शेर्पा ‘वसन्त’, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन्।

सहारा क्लब पोखराका अध्यक्ष एवं अधिवक्ता केशव बरालको संयोजकत्वमा मञ्चका पूर्व अध्यक्ष केशव पाठक र पत्रकार गोविन्द सुवेदीको निर्वाचन मण्डलले कार्यसमितिको निर्वाचित गरेको हो।

समय अभावका कारण नवनिर्वाचित कार्यसमितिको गोपनीयताको सपथ तथा पदभार ग्रहण भने पर्सि (शनिबार) हुने कार्यक्रम छ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका सूचना तथा संचार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको समुपस्थितिमा सपथ ग्रहण कार्यक्रम राखिएको मञ्चले जनाएको छ।