पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ विभागीय डर्बीबीच पहिलो क्वालिफायर प्रतिस्पर्धा हुने भएको छ।
विभागीय सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले पहिलो क्वालिफायर प्रतिस्पर्धा गर्ने भएका छन्।
जित्ने समूहको अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा हराउँदै विभागीय आर्मीले पहिलो क्वालिफायरमा स्थान पक्का गरेको हो।
पहिलो सेट २०–२५ ले गुमाएको विभागीय आर्मीले दोस्रो सेटमा सुनिल बल भलिबल क्लबलाई २५–१८ ले हराउँदै खेलमा फर्कियो।
त्यसैगरी, तेस्रो सेट २५–२३ ले आर्मी जीततर्फ उन्मुख बन्यो।
यो सेटमा ५–१० स्थितिलाई उल्टाउँदै सुनिल क्लबले २२–२२ को अवस्थामा पु-याएको थियो।
तर, अन्तिममा पुनः आर्मीले अग्रता लिँदै सेट आफ्नो पक्षमा पा-यो।
चौथो सेट भने आर्मीले २३–२५ ले सुनिल क्लबलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलिएको थियो।
पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले १५–१२ ले आफ्नो नाममा जीत दर्ता ग-यो।
योसँगै ‘जित्ने समूह’ बाट आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका छन्।
२ खेलबाट १ अंक जोडेको सुनिल क्लब तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको हो।