विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लब पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ।
पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै विभागीय एपीएफ प्रतियोगितबाट बाहिरिएको हो।
लगातार पहिलो र दोस्रो सेट गुमाएको विभागीय एपीएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरियो।
हेल्प नेपालले एपीएफमाथि पहिलो सेट २५–२२ ले जीत निकालेको थियो।
त्यसैगरी, दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा कठिन जीत हात पारेको थियो।
हेल्प नेपालले तेस्रो सेट एपीएफलाई १३–२५ ले सुम्पेको थियो।
प्रतिस्पर्धात्मक चौथो सेटमा २३–२५ ले एपीएफलाई सुम्पिएको थियो।
त्यसपछि, पाँचौं सेटमा खेल धकेलिएको थियो।
अन्तिम तथा पाँचौ सेटको सुरुआतबाटै अग्रता लिँदै हेल्प नेपालले १५–१२ ले आफ्नो पक्षमा जीत निकाल्यो।
७–१२ को अवस्थालाई उल्टाउँदै १२–१३ को अवस्थामा पु-याएपनि अन्तिम समयमा अंक जोगाउन नसक्दा एपीएफले हार बेहोर्नुप-यो।
हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्नेछ।
उक्त खेलमा जीत निकाल्ने टोलीले एलिमिनेटर खेल्नेछ।
पराजित हुने टोली प्रतियोगितबाट बाहिरिनेछ।