टाइगर कप भलिबलः महिलातर्फ एपीएफ पहिलो क्वालिफायरमा

लिग चरणको अन्तिम खेलमा विभागीय एपीएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा हरायो

जनसम्मत
माघ १६, २०८१, बुधबार

विभागीय सशस्त्र प्रहरी बल एपीएफ महिलातर्फ पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको क्वालिफायरमा स्थान बनाएको छ।।

महिलातर्फको एपीएफ क्लब अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको हो।

लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै विभागीय एपीएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो।

एपीएफसँग पराजित भएको टाइगर ग्रुप समूह उपविजेताको रुपमा पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो।

एपीएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो।

तेस्रो सेटमा ११–१६ को स्थितिलाई उल्टाउँदै टाइगर ग्रुपले १८–१७ को स्थितिमा पु¥याएको थियो।

तर, त्यसपछि भने एपीएफले पुनरागमन गर्दै खेल २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो।

पहिलो क्वालिफायरमा पुनः एपीएफ र टाइगर ग्रुपबीच बिहीबार प्रतिस्पर्धा गर्नेछ।

यसअघि, आजै भएको खेलमा ट्राभल इन्क्वायरी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो।

ट्राभल इन्क्वायरीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो।