विभागीय नेपाल पुलिस क्लबले पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
पोखरा रंगशालामा शुक्रबार भएकोे खेलमा आर्मीलाई ३–२ ले पराजित हराउँदै पुरुषतर्फ पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो।
पुलिसले पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो।
त्यसैगरी, दोस्रो सेटमा पुलिसले २२–२५ ले आर्मीलाई सुम्पिएको थियो।
तेस्रो सेटमा भने पुलिसले २५–२२ ले जितेको थियो
त्यस्तै, आर्मीले पुनः चौथो सेटमा पुलिसमाथि २५–२३ ले जीत निकालेको थियो।
तर, पाँचौ सेटमा पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जीत निकाल्यो।
पराजित भएको आर्मीले अब गण्डकी प्रदेश र भारतको सुनिल भलिबलबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
यसअघि, शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको छ।
पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटप न्यु –डायमण्ड स्पोटर््स क्लबसँग प्रतिस्पर्धा गर्नेछन्।
अब, आजको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर खेल हुनेछ।
एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
एलिमिनेटरको विजेताले आर्मीसँग दोस्रो क्वालिफायर खेल्नेछ।